लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, ७ अर्ब माथिकाे काराेबार

काठमाडाैं । लगातार तेस्राे दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूच ३१.४४ अंकले बढेर २६ सय ६१ दशमलव ६१ बिन्दुमा कायम भएको छ ।
यस्तै आज कारोबार रकम पनि बढेको छ । यसदिन ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रूपैयाँको कारोबार भएको छ ।
हिजो ३१८ कम्पनीकाे १ कराेड ३२ लाख १७ हजार ८६४ कित्ता सेयर खरिदबिक्रि हुँदा ६ अर्ब ३८ कराेड ७२ लाख रूपैयाँकाे काराेबार भएकाे थियो ।
यसदिन उत्पादन तथा प्रशाेधन समुह ०.१६ प्रतिशतले घटेकाे छ भने अन्य सबै समुहमा हरीयाली छाएकाे छ । आज सर्वाधिक लगानी समुह २.६० र माइक्राेफाइनान्स समुह २.४१ प्रतिशतले बढेको छ ।