घट्यो शाओमी १४ टी स्मार्टफोनको मूल्य

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ टी को मूल्यमा उल्लेखनीय कटौती गरेको घोषणा गरेको छ।
लाइका सँगको सहकार्यमा विकसित यो फोन उत्कृष्ट क्यामेरा प्रणाली र उच्च प्रदर्शन क्षमताका कारण नेपाली बजारमा लोकप्रिय छ। अब १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको मोडलको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँमा झारिएको छ, जुन अघिल्लो मूल्य ६४ हजार ९ सय ९९ भन्दा ५,००० रुपैयाँ कम हो।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीका अनुसार, “शाओमी १४ टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो। अहिलेको मूल्य कटौतीले उच्च प्रविधिलाई अझ बढी नेपाली उपभोक्ताको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धता दर्शाउँछ।”
शाओमी १४ टी मा ५० मेगापिक्सेलको लाइका ट्रिपल क्यामेरा सेटअप, ४के भिडियो क्षमता, तथा स्मार्ट फोटो मोड जस्ता एआई(सम्बन्धित फिचरहरू छन्। फोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा चिप, एलपीडीडीआर ५एक्स र्याम, र ६।६७ इन्चको १४४ हर्ज एमोलेड एचडिआर १० + डिस्प्ले रहेको छ।
त्यस्तै, ५००० एमएएच ब्याट्री, ६७ वाट हाइपर चार्ज, र आइपी ६८ रेटिङसहितको धुलो तथा पानी प्रतिरोधी सुविधाले यो फोनलाई झन् आकर्षक बनाएको छ।
टाइटन ब्ल्याक, ग्रे, र ब्लू तीन आकर्षक रङमा उपलब्ध शाओमी १४ टी अब नेपालभरका शाओमी स्टोर तथा आधिकारिक खुद्रा विक्रेतामार्फत खरिद गर्न सकिनेछ।
प्रिमियम क्यामेरा, शक्तिशाली प्रदर्शन र प्रतिस्पर्धात्मक मूल्यका कारण शाओमी १४टी नेपाली बजारमा उत्कृष्ट विकल्पको रूपमा स्थापित हुँदैछ।