बीमितको गुनासो बढेपछि प्राधिकरण सक्रिय, सेवा प्रदायकलाई कारबाहीको चेतावनी « Arthapath.com
१७ असार २०८२, मंगलबार

बीमितको गुनासो बढेपछि प्राधिकरण सक्रिय, सेवा प्रदायकलाई कारबाहीको चेतावनी



काठमाडौं । बीमित उपभोक्ताहरूको गुनासो र समस्या सम्बोधन गर्न नेपाल बीमा प्राधिकरणले बीमक र बीमा सर्भेयरहरूलाई स्पष्ट चेतावनी दिएको छ।

बीमा दावीका प्रक्रियामा बेमानसिक ढिलाइ, अनावश्यक झन्झट, समयमै सर्भेयर नखटाउने वा प्रतिवेदन नबुझाउनेजस्ता कार्य बढ्दो गुनासोका रूपमा आएको भन्दै प्राधिकरणले यस्ता लापरवाही रोक्न कडाइ गर्ने जनाएको छ।

प्राधिकरणले बीमा ऐन, २०७९ अन्तर्गतको कानुनी प्रावधान उल्लेख गर्दै दोषी पाइएका बीमकलाई रु २ लाखदेखि रु २० लाखसम्म र बीमा सर्भेयरलाई रु २ हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारेको छ।

यस निर्णयबाट बीमित उपभोक्ताको अधिकार संरक्षण हुने र बीमा सेवामा पारदर्शिता तथा जिम्मेवारी बढ्ने अपेक्षा गरिएको छ। बीमा सेवा प्रदायक कम्पनी तथा सर्भेयरहरूलाई कानुन बमोजिम सचेत र उत्तरदायी बन्न प्राधिकरणले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्