सिद्धार्थ बैंकको ‘एसबिएल डिबेञ्चर २०९१’ असार २९ गतेदेखि सार्वजनिक निष्काशनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आगामी असार २९ गतेदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ शीर्षकको ऋणपत्र सार्वजनिक निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको यो ऋणपत्र बजारमा ल्याउन लागेको हो।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता, अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ। यसमध्ये १५ लाख कित्ता ९६० प्रतिशत० निजी व्यक्ति तथा संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइनेछ।
सर्वसाधारणका लागि छुट्याइएको १० लाख कित्तामध्ये ५ प्रतिशत (५० हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ, भने इच्छुक आवेदकले अधिकतममा सबै कित्ताका लागि समेत आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रको निष्काशन छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बन्द हुनेछ। यस ऋणपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।