ह्याचब्याकको मूल्यमा एसयुभी: अब २९ लाख ९९ हजारमै पाइने « Arthapath.com
२० असार २०८२, शुक्रबार

ह्याचब्याकको मूल्यमा एसयुभी: अब २९ लाख ९९ हजारमै पाइने



काठमाडौं । सिट्रोन गाडीहरूका लागि नेपालमा आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले “ह्याचब्याकको दाममा एसयुभी” अफर सार्वजनिक गर्दै सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभीको मूल्य घटाएको छ।

पहिले ३६ लाख ५० हजार रुपैयाँ रहेको सिट्रोन सी ३ अब २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यस नयाँ मूल्यले ग्राहकलाई ह्याचब्याकको मूल्यमा एसयुभीको सुविधा र अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

यस अफरअन्तर्गत ग्राहकहरूले निशुल्क गाडी बीमा समेत प्राप्त गर्नेछन्, जसले गाडी खरिद गर्दा थप सुविधा दिनेछ।

भारतमा निर्माण गरिएको सिट्रोन सी३ मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल आउटसाइड रियर भ्यु मिरर, र शक्तिशाली १२०० सिसी इन्जिन जस्ता प्रिमियम फिचरहरू समावेश छन्। यी विशेषताहरूले सिट्रोन सी३ लाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा उच्च मूल्य प्रस्ताव गर्ने मोडल बनाएको कम्पनीको भनाइ छ।

साथै, स्पेयर पार्टहरू सहज र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले गाडीको मर्मत तथा सर्भिसिङमा झन्झटको अनुभव गर्नु नपर्ने कम्पनीको दाबी छ।

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, “हामी अन्तर्राष्ट्रिय स्तरमा सफल गाडीहरू नेपाली ग्राहकसम्म सहज रूपमा पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छौं। सिट्रोन सी३ को नयाँ मूल्यले गुणस्तर, सुविधा र पर्फर्मेन्समा कुनै सम्झौता नगरी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्यलाई अझ बलियो बनाएको छ।”

गोल्छा अर्गनाइजेसन अन्तर्गत सञ्चालित सांग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन, र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालमा एकमात्र आधिकारिक वितरक रहँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्