अमेरिकी राजनीतिमा एलन मस्कको इन्ट्रीः नयाँ पार्टी घोषणा गर्दै ट्रम्प र बाइडेनलाई दिए खुला चुनौती « Arthapath.com
२२ असार २०८२, आईतबार

अमेरिकी राजनीतिमा एलन मस्कको इन्ट्रीः नयाँ पार्टी घोषणा गर्दै ट्रम्प र बाइडेनलाई दिए खुला चुनौती



एजेन्सी । अमेरिकाका चर्चित अर्बपति तथा प्रविधि उद्यमी एलन मस्कले नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ पार्टी सार्वजनिक गर्दै रिपब्लिकन र डेमोक्रेट पार्टीहरूद्वारा नियन्त्रित दुई-पक्षीय व्यवस्थालाई चुनौती दिने बताएका छन्।

तर हालसम्म उक्त पार्टी अमेरिकी चुनाव आयोगमा दर्ता भएको पुष्टि भने भएको बीबीसीले उल्लेख गरेकाे छ । मस्कले पार्टीको नेतृत्वको गर्ने वा यसको औपचारिक संरचना के हुने भन्नेबारे पनि स्पष्ट जानकारी दिएका छैनन्।

मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध केही साताअघि चिसिएको थियो। ट्रम्प प्रशासनमा रहेको बेला मस्कले महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए, तर ट्रम्पको आर्थिक नीति र खर्च योजनालाई लिएर विवाद चुलिँदा उनी प्रशासनबाट बाहिरिएका थिए।

त्यस क्रममा मस्कले एक्समा सार्वजनिक सर्भे गराउँदै “अमेरिकामा नयाँ राजनीतिक पार्टी चाहिन्छ कि छैन ?” भनेर सोधेका थिए। उक्त सर्भेमा दुई गुणा बढी मतदाताहरूले नयाँ पार्टी आवश्यक भएको बताएका थिए।

त्यसलाई स्मरण गर्दै मस्कले भनेका छन्, “तपाईंहरूलाई नयाँ पार्टी चाहिएको रहेछ, अब त्यो हुनेछ। हाम्रो देशलाई अनावश्यक खर्च र भ्रष्टाचारले कंगाल बनाउने काममा हामी एक(पक्षीय प्रणालीमा बाँचेका छौं, लोकतन्त्रमा होइन। आज ‘अमेरिका पार्टी’ स्थापना भएको छ, जसले तपाईंलाई फेरि स्वतन्त्रता दिलाउनेछ।”

यद्यपि अमेरिकी संघीय निर्वाचन आयोगमा पार्टी दर्ता सम्बन्धी कुनै आधिकारिक कागजात सार्वजनिक भइसकेको छैन।

मस्कले सन् २०२४ को चुनावमा ट्रम्पलाई समर्थन गर्दै करिब २५० मिलियन अमेरिकी डलर (करीब ३३ अर्ब नेपाली रुपैयाँ) खर्च गरेका थिए। चुनावपछि उनलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी’ (डाेग) नामक सरकारी निकायको प्रमुख बनाइएको थियो, जसको जिम्मेवारी संघीय बजेटमा खर्च कटौती गर्ने थियो।

तर मे महिनामा मस्कले ट्रम्प प्रशासन छोडेपछि कर र खर्च सम्बन्धी ट्रम्पको योजनाको खुलेर आलोचना गरे। ट्रम्पले आफ्नो ‘सुन्दर बिल’ भनेर व्याख्या गरेको उक्त कानुन यसै साता संसदबाट मुस्किलले पारित भएको छ। नयाँ कानुनले करिब ३ ट्रिलियन डलर (३ हजार अर्ब डलर) अमेरिकी बजेट घाटामा थप्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्