आजको विनिमय दरः हेर्नुहोस्, कति छ आज डलर लगायत अन्य विदेशी मुद्राको भाउ ? « Arthapath.com
२२ असार २०८२, आईतबार

आजको विनिमय दरः हेर्नुहोस्, कति छ आज डलर लगायत अन्य विदेशी मुद्राको भाउ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको अद्यावधिक विनिमय दर सार्वजनिक गरेको छ।

नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। युरोपेली युरोको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा कायम भएको छ।

त्यस्तै, बेलायती पाउण्डको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने स्वीस फ्रयाङ्कको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

सिङ्गापुर डलर १०७ रुपैयाँ ०५ पैसा खरिददर र १०७ रुपैयाँ ५२ पैसा बिक्रीदरमा रहेको छ। जापानी येन ९१० येन० को दर क्रमशः ९ रुपैयाँ ४५ पैसा र ९ रुपैयाँ ४९ पैसा कायम भएको छ।

चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी रियालको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनर लगायतका मुद्राहरूको दर पनि निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनारको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा तथा ओमनी रियालको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्