काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक हप्तामै रिहा

काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्स मुद्दामा पक्राउ परेकाे एक सातामै रिहा भएका छन्।
करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरीका आधारमा असार १३ गते भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो।
सोही दिनदेखि गणना हुनेगरी असार १५ गते अदालतले ६ दिनको म्याद थप गरेको थियो। तर, असार १९ गते पुनः म्याद थप नभएपछि उनी स्वतः रिहा भएका हुन्।
पक्राउ परेपछि उनी सिधै अस्पताल भर्ना भएका थिए। अदालतबाट थप अनुसन्धानका लागि म्याद नपाएपछि प्रहरीसँग उनलाई हिरासतमा राख्ने आधारसमेत नभएपछि भेटवाल स्वतः रिहा भएका हुन्।