सेयर बजारकाे उकालाे यात्रा कायमै, साढे ९ अर्ब कराेडकाे काराेबार « Arthapath.com
२२ असार २०८२, आईतबार

सेयर बजारकाे उकालाे यात्रा कायमै, साढे ९ अर्ब कराेडकाे काराेबार



काठमाडाैं । गत साता निरन्तर बढेको सेयर बजार यस साताको पहिलो कारेबार दिन आइतबार पनि सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.४० अंकले बढेर २७ सय ०६ दशमलव ३६ बिन्दुमा रोकिएको छ ।

नेप्से बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यस दिन ३१८ कम्पनीकाे २ कराेड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० कराेड ३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत बिहिबार  ३ सय ११ वटा कम्पनीका २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज विकाश बैंक, हाेटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा समुह घटेका छन् भने बाँकी सबै समुह बढेका छन्र । आज अन्य समुह सर्वाधिक ३.९ प्रतिशत र फाइनान्स समुह २.१६ प्रतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्