सार्वसाधारणका लागि आइपिओ जारी गर्दै गर्जाङ उपत्यका हाइड्रो पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल « Arthapath.com
२२ असार २०८२, आईतबार

सार्वसाधारणका लागि आइपिओ जारी गर्दै गर्जाङ उपत्यका हाइड्रो पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडको बीच साधारण शेयर निष्काशनसेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा शेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ, जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।

एक कार्यक्रमका बिच गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रकमको २० प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु.१०० अङ्कित दरमा १०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो ।

निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्र अनुसार शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।

गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड २०६०-०९-२१ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति गरिएको थियो र २०७०-१२-२४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।

रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०७४-८-२८ देखि व्यावसायिक उत्पादन शुरु गरी सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्