टीभीएसको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा, कति पर्छ मूल्य ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

टीभीएसको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा, कति पर्छ मूल्य ?



काठमाडौं । नेपाली बजारमा टीभीएस ब्रान्डको नयाँ स्कुटर जुपिटर सार्वजनिक भएको छ।

टीभीएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ पर्ने उक्त स्कुटर सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो।

यो नयाँ स्कुटरमा सिंगल सिलिण्डर, फोर स्ट्रोक र टू भल्भ भएको ११३ सीसी क्षमताको इन्जिन राखिएको छ। यसले ८ हर्स पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीले यसमा १५ वटा फस्ट क्षन क्लास र १४ बेस इन क्लास फिचरहरु उपलब्ध रहेको जनाएको छ।

यसमा दुईवटा हाल्फ हेलमेट अट्ने स्टोरेज छ भने टर्न सिग्नल ल्याप रिसेट गर्न मिल्छ। साथै इमर्जेन्सी ब्रेक अलर्ट सिस्टम र एडभान्स्ड स्टप गो प्रविधिका कारण १० प्रतिशत राम्रो माइलेज दिन्छ।


प्रतिक्रिया दिनुहोस्