ओमोडा एण्ड जेइकोले बुधबारदेखि ३ दिन देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ सञ्चालन गर्दै

काठमाडौं । ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशभर लागू हुने ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ, जुन विशेष रूपमा मनसुनलाई लक्षित गरिएको हो।
यो सर्भिसिङ अभियान असार २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ग्राहकहरूले आफ्नो सवारीसाधनको निःशुल्क जाँच र विभिन्न आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार, अभियानको मुख्य उद्देश्य मनसुनको चुनौतीपूर्ण मौसममा सवारीसाधनलाई सुरक्षित र उत्कृष्ट कार्यसम्पादनयोग्य बनाउने हो।
कम्पनीले दिएको जानकारी अनुसार, चेक-अप क्याम्पमा सहभागी हुने ग्राहकहरूले सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १०० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
साथै, टप वासमा पनि १०० प्रतिशत छुट दिइनेछ। सस्पेन्सन पार्ट्स मर्मत तथा परिवर्तन गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट दिइनेछ भने बडी सप जबहरूमा १० प्रतिशत र स्पेयर पार्ट्समा समेत १० प्रतिशत छुट उपलब्ध हुनेछ। यी सुविधाहरूले मनसुनमा आवश्यक सर्भिसिङ तथा मर्मतकार्यलाई थप किफायती बनाउने कम्पनीको दाबी छ।
देशभर सञ्चालन हुने यो चेक-अप क्याम्प काठमाडौँको सीतापाइला (एसपीजी अटोमोबाइल्स), भक्तपुरको परिवार कार क्लिनिक, वीरगञ्जको दर्शी अटोमोबाइल्स, बुटवलको सिद्धि विनायक मोटर्स, नेपालगञ्जको देवमंगल इन्जिनियरिङ, चितवनको युनाइटेड अटो कन्सर्न, धनगढीको नवदुर्गा टेक्नोलोजी, पोखराको एलिट मोटर्स, इटहरीको पाचीभरा अटो, विर्तामोडको ओपी इन्टरनेसनल, दाङको एनएल मोटो कर्प, र सुर्खेतको बुटवल भेराइटीमा सञ्चालन हुनेछ।
एसपीजी अटोमोबाइल्सले सबै ग्राहकलाई आफ्नो नजिकको सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा सहभागी भई उपलब्ध छुट तथा सेवाहरूको लाभ लिन आग्रह गरेको छ। कम्पनीले मनसुनको चुनौतीपूर्ण मौसमलाई ध्यानमा राख्दै आफ्नो गाडीलाई समयमै तयार गर्न आग्रहसमेत गरेको छ।