सिद्धार्थ बैंकका ग्राहकलाई बबर महल भिलासमा १० प्रतिशतसम्म छुट

काठमाडौं। सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले काठमाडौंको बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।