रसुवाको भोटेकोशी बाढीमा बेपत्ता १८ जनाको परिचय खुल्यो (सूचीसहित)

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा परेर बेपत्ता भएका १८ जनामध्ये सबैको परिचय खुलेको छ।
बेपत्तामध्ये १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक रहेकाे नेपाल सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
बेपत्ता हुने नेपालीहरूमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षीय लालबहादुर श्रेष्ठ (रामेछाप, लिखु तामाकोशी गाउँपालिका-४), प्रहरी जवान २४ वर्षीय मुन्ना ठाकुर (बारा, फेटा गाउँपालिका-१) र २३ वर्षीय लोकेन्द्र बोहोरा (बझाङ, बुंगल नगरपालिका-९) रहेका छन्।
त्यस्तै, बर्दियाका ३६ वर्षीय जिपन चौधरी, बागलुङका नरेन्द्र विक, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु, ३० वर्षीय सुरेश थारु, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, मिक्सर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बाढीमा परेर बेपत्ता भएका हुन्।
यस्तै चिनियाँ नागरिकहरू यू युए, ली हुआछिङ, याङ छ्वान, यू हाई हाङ, योउ सियाओ छिउ र जोउ योंग समेत बाढीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीको प्रभाव क्षेत्रमा व्यापक क्षति भएको आशंका गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसैबीच, रसुवाको उत्तरगया गाउँपालिका-५, उत्तरगयाधाम नजिकै खोलाको किनारमा एक पुरुषको दाहिने खुट्टा फेला परेको छ भने उक्त खुट्टाको पहिचान प्रक्रिया अगाडि बढाइएको छ।