१५ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामै नेपाल भित्रियो १५ खर्ब ३२ अर्ब « Arthapath.com
२४ असार २०८२, मंगलबार

१५ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामै नेपाल भित्रियो १५ खर्ब ३२ अर्ब



काठमाडौं । ११ महिनामै झन्डै साढे १५ खर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ । नेपाल भित्रने रेमिट्यान्स दोहोरो अंकमा बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ ।

समिक्षा अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो गत आवको सोही अवधिको तुलनामा भने १५.५ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ पतिशत बढेको थियो ।

गत जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत वर्षको सोही भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशत वृद्धि भएको छ । योसँगै ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशत बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्