बुटवल र भैरहवामा टाेटल इनर्जीको फ्रि सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । टाेटल इनर्जी लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिद्वारा आयोजित दुईवटा फ्रि सर्भिस क्याम्प बुटवल र भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ।
चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटाे केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवा स्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भए ।
शिविरमा सहभागी सवारी साधनहरूलाई निःशुल्क सर्भिसिङ, इञ्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरियो । साथै, ग्राहकहरू र मेकानिकहरूलाई टाेटल इनर्जीका क्वार्ट्ज, रुबिया र हाई-पर्फ उत्पादनहरूको जानकारी दिइयो जसले इञ्जिनको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दछ।
कार्यक्रममा सहभागी ग्राहकहरू र मेकानिकहरूलाई गिफ्ट आइटमहरू वितरण गरिएको थियो । यस किसिमका सेवामूलक कार्यक्रममा टाेटल इनर्जीले स्थानीय बजारमा ब्रान्ड उपस्थितिलाई थप सुदृढ बनाएको छ ।
लक्ष्मी ल्युब आयल ले सफल आयोजनामा साथ दिने सबै पार्टनर वर्कशपहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।