५ खर्ब १७ अर्बले बढ्याे बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठ) बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ५ खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत)ले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.५ खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो।