रसुवामा बाढी वितन्डा : बीमा प्राधिकरणले माग्यो क्षतिको विवरण, बीमितलाई छिटो दाबी भुक्तानी गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग रसुवाको बाढी तथा पहिरोको क्षति विवरण मागेको छ ।
बाढी र पहिरोबाट प्रभावित बिमितको सहायताका लागि प्राधिकरणले कम्पनीहरूलाई क्षतिको विवरण यथाशीघ्र संकलन निर्देशन दिइएको हो । यसका साथै सहज रूपमा दाबी फछर्यौट गर्न निर्देशन पनि प्राधिकरणले कम्पनीहरुलाई निर्देशन दिएको छ ।
अविरल वर्षा र त्यसबाट भएको धनजन क्षति ध्यानमा राख्दै दाबी प्रक्रिया सरल र प्रभावकारी बनाउन आग्रह गरेको छ ।
साथै, बाढीबाट प्रभावित सम्पत्ति, सवारी साधन, कृषि, पशुपालन, इन्जिनियरिङ लगायत विभिन्न बीमाका विवरण हरेक बिहीबार एक्सेल ढाँचामा बुझाउन पनि निर्देशन दिएको छ ।
तोकिएको ढाँचा अनुसार साप्ताहिक विवरण पेश गर्न बीमा कम्पनीहरूलाई सूचित गरेको छ ।