एशियन लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा स्तरोन्नति « Arthapath.com
२४ असार २०८२, मंगलबार

एशियन लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा स्तरोन्नति



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङमा स्तरोन्नति भएको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको इस्युअर रेटिङ ’आइआरएन ए माइनस’ बाट स्तरोन्नति गर्दै ’आइआरएन ए’ मा सुधार गरेको हो ।

यस रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने पर्याप्त क्षमताको प्रत्याभूति गर्छ । कम्पनीले पछिल्लो समय विभिन्न वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेसँगै उक्त स्तरोन्नति गरिएको हो ।

गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले बीमाशुल्क आम्दानीमा १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानीमा १४ प्रतिशत, नेटवर्थमा १४ प्रतिशत, सञ्चालन मुनाफामा १३ प्रतिशत र करपछिको मुनाफामा १८ प्रतिशतले वृद्धि गरेको छ । यस्तै, आव २०८१–८२ को तेस्रो त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जनमा २५ प्रतिशत वृद्धि गरेको छ।

हाल नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले यही असार ३० गते हुने १७औं वार्षिक साधारण सभाबाट गत आवको मुनाफाबाट आफ सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्