कर फर्स्योट आयोग प्रकरण : भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतमा « Arthapath.com
२४ असार २०८२, मंगलबार

कर फर्स्योट आयोग प्रकरण : भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतमा



काठमाडौं । सर्वोच्च अदालतले कर फर्स्योट आयोगसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दा विशेष अदालतमै पुनः परीक्षण गर्न आदेश दिएको छ ।

न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतको पूर्वनिर्णय उल्ट्याउँदै फाइल पुनः त्यही अदालतमा पठाउन निर्देशन दिएको हो ।

आयोगले अघिल्लो कार्यकालमा कर छुटसँग सम्बन्धित निर्णयहरूमा अनियमितता भएको आरोपमा दायर मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो। तर सर्वोच्चको पछिल्लो निर्णयले अब उक्त मुद्दा पुनः न्यायिक समीक्षाको प्रक्रियामा फर्किएको छ ।


प्रतिक्रिया दिनुहोस्