गभर्नर पौडेलविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, छिटो फैसला गर्ने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई काम गर्न रोक लगाउने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश दिन अस्वीकार गरेको हो । मुद्दालाई प्राथमिकतामा राखी छिटो फैसला गर्न अग्राधिकार दिने निर्णय गरेको छ ।