सुनकोशी–भोटेकोशी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह « Arthapath.com
२४ असार २०८२, मंगलबार

सुनकोशी–भोटेकोशी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह



काठमाडौं । चीनको न्यालम क्षेत्रमा भइरहेको वर्षाको असर नेपालमा पर्न सक्ने देखिएपछि सिन्धुपाल्चोक प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा नदी आसपास तथा अरनिको राजमार्ग (बन्देउदेखि लिपिङसम्म) मा जोखिम हुन सक्ने भन्दै स्थानीय बासिन्दा र सवारी चालकलाई सचेत रहन अनुरोध गरिएको छ ।

प्रशासनका अनुसार चिनियाँ पक्षले रातिको समयमा अझ बढी वर्षा हुने सम्भावनाबारे जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्