प्राधिकरणमा शाक्यको १०० दिन कत्तिको प्रभावकारी ? विद्युत् सुधारमा कस्ता परिणाम देखिए ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरण प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
प्राधिकरणमा आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै निर्देशक शाक्यले यस्तो बताएका हुन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले ९ पेजको प्रगतिपत्र प्रस्तुत गर्दै साना तर महत्वपूर्ण कामहरू गरिएको जानकारी दिए ।
‘ठूलो उपलब्धि नदेखिए पनि वितरण सुधार, सबस्टेशन निर्माण, प्रशारण लाइन विस्तारजस्ता आधारभूत कामलाई प्राथमिकतामा राखिएको छ’, शाक्यले भने ।
उनका अनुसार दमौली–भरतपुर १३२ केभी लाइनको क्षमता ७० मेगावाटले बढाएर झण्डै १३० मेगावाट पु¥याइएको छ, जसले मस्र्याङ्दी र दोर्दी करिडोरबाट आएको विद्युत् सहज रूपमा राष्ट्रिय प्रणालीमा जोड्न मद्दत गरेको छ ।
ठेक्का, वन तथा जग्गा प्राप्ति जस्ता दायित्व पूरा गर्न प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिएको जानकारी समेत दिएका छन् । साथै, प्राधिकरणका आयोजना र प्रवद्र्धनमा प्राथमिकताका साथ शेयर दिने तयारीसमेत अघि बढाइएको छ ।
Hitendra_100_days_achievement