अबको १५ वर्षमा नेपाल गरिबीमुक्त देश बन्छः प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् ।
हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै उनले विकास निर्माणलाई तीव्रता दिएर मुलुकबाट गरिबी अन्त्य गर्ने बताएका हुन् ।
ओलीले आधुनिक पूर्वाधार निर्माण र कृषिको आमूल परिवर्तनमार्फत समृद्धिको मार्गमा देशलाई अघि बढाउने समेत स्थानिय तहलाई आग्रह गरे ।
विकास निर्माणमा असाधारण प्रगति भइरहेको भन्दै उनले भने, ‘आधारहरू बनिसकेका छन्, विद्युत्, सञ्चार क्षेत्र अघि बढेका छन् । आइटी क्षेत्रमा अघि बढेका छौँ, त्यसको दुरुपयोग गरेर केही मान्छे बिग्रिएका पनि होलान् । तर मान्छेहरूले राम्रो काम गरेका छौँ ।’












