टिकेन सेयर बजारकाे उत्साह, काराेबार रकम पनि खुम्चियाे « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

टिकेन सेयर बजारकाे उत्साह, काराेबार रकम पनि खुम्चियाे



काठमाडौं । माैद्रक नीतिपछिकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा भारी गिरावट आएको छ ।मौद्रिक नीतिपछि आइतबार उत्साह देखिएको सेयर बजार आज ३०.०९ अंकले घटेको हो ।

शेयर बजार परिसूचक नेप्से आज १.२४ प्रतिशतले घटेर २ हजार ७ सय २६ दशमलव ३५ विन्दुमा झरेको छ ।

यसदिन नेप्सेसँगै काराेबार रकम पनि घटेकाे छ । आज ३२१ कम्पनीकाे २ कराेड ११ लाख २ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ८ अर्ब १७ कराेड २१ लाख ४३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३ सय ११ वटा कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर ११ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज जलविद्युत बाहेक सबै समुह घटेका छन् । बैंकिङ समुह सर्वाधिक २.३५ प्रतिशतले घटेकाे छ भने विकास बैंक समुह १.४३, जिवन बीमा १.२९, अन्य समुह १.२०, फाइनान्स १.०५ र माइक्राे फाइनान्स समुह १.०१ प्रतिशतले घटेका छन् ।

शुक्रवार नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको थियो । यसबाट बजार बढ्ने अपेक्षा गरिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्