संघीय मामिला मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भई चौतर्फी आलोचना बढेपछि उनले मंगलबार राजीनामा दिएका हुन्।
सार्वजनिक अडियो अनुसार, गुप्ताले गत पुस–माघ महिनातिर काम गरिदिने आश्वासन दिँदै केही रकम समेत स्वीकार गरिसकेको आरोप छ। अडियोमा मुख्यतः कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्ति र पोखराको जग्गासम्बन्धी छलफल भएको सुनिन्छ।
घटनापछि सर्वत्र आलोचना चुलिएको थियो। विपक्षी दलहरूले गुप्ताको तत्काल राजीनामा माग गर्दै उनलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।
गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको बताएका छन्। गुप्ताले बाहिरिएको अडियो एआई प्रयोग गरिएको दाबी गरेका छन्।












