लगानीको सूरक्षा सरकारले गर्छ, ढुक्क भएर उर्जामा लगानी गर्नुस्ः ऊर्जा मन्त्री खड्का « Arthapath.com
८ असार २०८३, सोमबार

लगानीको सूरक्षा सरकारले गर्छ, ढुक्क भएर उर्जामा लगानी गर्नुस्ः ऊर्जा मन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि निजी लगानी आवश्यक रहेको बताए ।

यस्तै मन्त्री खड्काले आगामी १० वर्षमा उत्पादन र प्रसारण दुवै क्षेत्रमा ६४ खर्ब रुपैयाँ लगानी गर्ने सरकारी योजना रहेको भन्दै नीजि क्षेत्रलाइ पनि ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले भने, अब तपाइरुको लगानीको सूरक्षा सरकारले गर्छ, ढुक्क भएर उर्जामा लगानी गर्नुस ।

यस्तै उनले कार्यक्रममा अब २०० मेगावाटसम्मका आयोजनालाई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइएस) गर्नु नपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए । यसबाट साना तथा मध्यम जलविद्युत् आयोजना छिटो अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस्तै उनले पछिल्लो समयमा निजी क्षेत्रले आलोचना गरिरहेको ‘टेक एण्ड पे’ को व्यवस्था र पिपिएका सन्दर्भमा प्रधानमन्त्रीबाट आएका कतिपय सुझावहरूको समिक्षा गरेर सुधार गरिएको बनी बताए । ट्रान्समिसन लाइन पुगेका स्थानमै पीपीए गर्न दिने प्रधानमन्त्रीको भनाइलाई समेत सच्चाएको उनको भनाइ छ ।

हालसम्म ४५०० मेगावाट बराबरको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले अब निजी क्षेत्रको सहभागितामै ट्रान्समिसन लाइन विस्तार गरिने योजना अघि सारिएको बताए।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न सरकार गम्भीर रहेको भन्दै सहकार्य, समन्वय र स्पष्ट नीतिको माध्यमबाट मात्रै दीगो ऊर्जा विकास सम्भव हुने धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्