नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण सरकारले तयार गर्नुपर्छः सभापति देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि नेपालमा ढुक्क भएर लगानी गर्न सकिने वातावरण तयार पार्नुपर्ने बताएका छन् ।
मङ्गलबार काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भए पनि यसमा नीजि क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको उनको भनाइ छ ।
यस्तै उनले जलविद्युत् आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडले चाँडै शेयर निष्कासन गर्ने बताए ।
उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पति भएको भन्दै पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरे ।












