साेमबार घटेकाे सेयर बजार पुनः लयमा फर्कियाे, साढे ९ अर्बकाे काराेबार
काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएकाे छ । हिजाे उच्च अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ३४.४६ अंकले बढेकाे छ ।
शेयर बजार परिसूचक नेप्से आज १.२६ प्रतिशतले घटेर २ हजार ७ सय ६० दशमलव १७ विन्दुमा राेकिएकाे छ ।
यसदिन नेप्सेसँगै काराेबार रकम पनि बढेकाे छ । आज ३१७ कम्पनीकाे २ कराेड ३५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ९ अर्ब ८ कराेड ४५ लाख ३० हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३२१ कम्पनीकाे २ कराेड ११ लाख २ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ८ अर्ब १७ कराेड २१ लाख ४३ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
यसदिन सबै समुह बढेका छन् । आज फाइनान्स समुह १.९९, बैंकिङ समुह १.८८, जलविद्युत समुह १.७७, लगानी समुह १.४०, विकास बैंक समुह १.३७, माइक्राे फाइनान्स समुह १.३५ र उत्पादन तथा प्रशाेधन समुह १.१२ प्रतिशतले बडेका छन् ।















