दिनभर उतारचढावका बीच सामान्य बढ्याे सेयर बजार, सवा १९ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन पनि सेयर बजारमा सामान्य गिरावट आएकाे छ । हिजो आइतबार साढे १८ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ७.१० अंकले घटेर २९ सय ७१ दशमलव ३१ बिन्दुमा रोकिएको छ ।
यता आज काराेबार रकम भने ह्वात्तै घटेकाे छ । यसदिन ३२१ कम्पनीकाे ४ कराेड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १९ अर्ब ३६ कराेड ८ लाख ७३ हजार रूपैयाँमा काराेबार भएकाे छ ।
हिजाे ३ सय २३ वटा कम्पनीका ५ करोड ८६ लाख कित्ता शेयर २६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज व्यापार समुह ३.२४, विकास बैंक ३.०४, फाइनान्स २.७५ , उत्पादन तथा प्रशाेधन २.२३ प्रतिशत र बैंकिङ ०.०१ प्रतिशतले बढ्दा अन्य समुह राताम्य बनेका छन् ।















