आरम्भ चौतारी लघुवित्तले एक वर्षमा कमायाे ९ करोड ४४ लाख, इपिएस कति ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले करिव साढे ९ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लाे आर्थिक वर्ष ६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले गत वर्ष वृद्धि भई ९ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।
यता, कम्पनीकाे खुद ब्याज आम्दानी पनि ३१.८९ प्रतिशत बढेर ३७ करोड २ लाख रुपैयाँ कायम भएको छ भने संचाल नाफा पनि ९३६.१३ प्रतिशत बढेर १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
कुल संचालन आम्दानी पनि ३१.९२ प्रतिशत बढेर ४२ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा ५ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा दर पनि ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशत पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा पनि २० करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५३ पैसाबाट बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ।
लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ३१ करोड ५२ रुपैयाँ कर्जा लगानी गरेको छ।















