सेयर बजारमा पहिरो, नेप्से ४८ अंकले घट्दा कारोबार साढे १६ अर्बमा सीमित « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेयर बजारमा पहिरो, नेप्से ४८ अंकले घट्दा कारोबार साढे १६ अर्बमा सीमित



काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से भारी अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले घटेकाे हाे ।

१.५९ प्रतिशतले घटेकाे नेप्से आज २९ सय ५४ दशमलव १४ बिन्दुमा झरेकाे छ । हिजाे नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३ हजारकाे बिन्दु पार गरेकाे थियाे ।

नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ । आज ३२७ कम्पनीकाे ३ कराेड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर खरिदबिक्रि हुँदा १६ अर्ब ४४ कराेड १३ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

हिजाे ३२१ कम्पनीकाे ४ कराेड १८ लाख ८ हजार ९६६ कित्ता सेयर खरिदबिक्रि हुँदा १८ अर्ब ५२ कराेड ९३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

यस दिन म्युच्युअल फण्ड र अन्य समुह बाहेक सबै समुहका उपसूचकहरू राताम्य बनेका छन् । आज माइक्राेफाइनान्स समुह ३.२८, विकास बैंक समुह ३.२७ प्रतिशतले घटेका छन् । यस्तै फाइनान्स २.७०, र हाेटल तथा पर्यटन २.१० प्रतिशतले घटेका छन् ।

बजार घटेकाे दिन सान्भी इनर्जी र ट्रेड टावरकाे सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेकाे छ ।


प्रतिक्रिया दिनुहोस्