सरकारी निकायको तलब सुविधामा एकरूपता ल्याइने, सरकारले गठन गर्यो अध्ययन कार्यदल « Arthapath.com
७ असार २०८३, आइतबार

सरकारी निकायको तलब सुविधामा एकरूपता ल्याइने, सरकारले गठन गर्यो अध्ययन कार्यदल



काठमाडौं । सरकारले सार्वजनिक संस्थान, बोर्ड, समिति तथा सरकारी लगानी भएका निकायका पदाधिकारी र कर्मचारीको तलब र सेवा–सुविधामा एकरूपता ल्याउने तयारी थालेको छ ।

यसका लागि सरकारले साउन १२ गते अध्ययन कार्यदल गठन गरेको हो । कार्यदलले सम्बन्धित निकायको पारिश्रमिक तथा सेवा–सुविधा प्रणालीको अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।

कार्यदलको संयोजकमा पर्वतका रामुप्रसाद डोटेल रहेका छन् । यस्तै, सदस्यमा दोलखाका रमेशप्रसाद शिवाकोटी र ललितपुरका चण्डीप्रसाद घिमिरे छन् ।

राज्यकोषबाट खर्च हुने संस्थाहरूबीच तलब र सुविधा असमान हुँदा समग्र प्रशासनिक व्ययमा असन्तुलन आएको निष्कर्श छ ।


प्रतिक्रिया दिनुहोस्