शुक्रबार पनि घट्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
७ असार २०८३, आइतबार

शुक्रबार पनि घट्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज तोलामा ५०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्