मंगलबार एकैदिन १८ सयले घट्यो सुन, चाँदी ३० रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार मंसिर ९ गते सुनको मुल्यमा भारी गिरावट आएको छ । एकैदिन रेकर्ड कायम गर्दै सुनको मुल्यमा १ हजार ८ सयले घटेको छ ।
मंगलबार सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार स्थिर रहेको सुनचाँदीको मुल्यमा मंगलबार भने भारी गिरामवट आएको हो । आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार स्थिर बसेर एकैपटक १८ सयले घटेको छ ।
मंगलबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भैरहेको छ ।