सोमबार ७८ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । सोमबार ७८ कम्पनीको सेयर मूल्य घटेको छ । आज बजारमा सामान्य सुधार भए पनि उक्त कम्पनीको सेयर मुल्य घटेको हो ।
बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।
आज शुभव पावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, पिपुल्स पावरको ४.९६ प्रतिशत, समता घरेलु लघुवित्तको ३.५१ प्रतिशत, सप्तकोशी डेभलपम्ेन्ट बैंकको ३ प्रतिशतले सेयर मूल्य घटेको हो ।