तिहार अघिको अन्तिम कारोबारको दिन बजार दोहोरो अकंले घट्यो, कारोबार पनि ८३ करोडमा सिमित

काठमाडौँ । २०८० सालको तिहार अघिको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । निरन्तर तीन सुधार आएको बजार आज भने दोहोरो अकंले घट्न पुगेको छ।
बिस्तारै लगानीकर्ताको मनोबल वृद्धि भइरहेको छ । नियामक निकायहरुले पनि लगानीकर्ताका मागप्रति सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । लगानीकर्ता भने अझै लगानी मैत्री बातावरण खोजि रहेको अवस्था छ । अब बजार बिस्तारै सुधार तिर लम्किने आशा लगानीकर्तामा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।

बिहिबार सोनापुरको ७ करोड ७० लाख र सोल्टी होटलको ३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
