यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार लगातार ओरालो लाग्दा लगानीकर्ता निराश भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ । सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज समाज लघुवित्तको ८.०६ प्रतिशत, एनएमबि डिबेञ्चरको ५.९८ प्रतिशत, तेह्रथुम पावरको ५.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आज २ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेकोछ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र माउन्टेन इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
