बिहिबार २२१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । बिहिबार सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । केहि दिन यता निरन्तर सुधार आएको बजार आज घटेको हो ।
बजार ओरालो लागेसँगै २२१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ । आज ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।
बिहिबार सूर्यज्योति लाइफको ७.४४ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ७.२६ प्रतिशत, सनराइज म्युचुअल फण्ड समूहको ६.९४ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ६.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
