सात कम्पनीको सेयरमा सर्किट, १२५ कम्पनीको मूल्य बढ्यो « Arthapath.com
१२ पुष २०८०, बिहीबार

सात कम्पनीको सेयरमा सर्किट, १२५ कम्पनीको मूल्य बढ्यो



काठमाडौँ । बिहिबार सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार झिनो अकंले ओरालो लागे पनि १२५ कम्पनीको सेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर, ह्थावे इन्भेष्टमेन्ट, मनकामना इजिनिरिङसहित ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्