यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी, कुनको कति ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बजार घटे पनि कारोबार भने उच्च भएको छ । आज ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएको देखिन्छ ।
आज सोनापुर मिनरल्स एण्ड आयलको ३३ करोड ४५ लाख १५ हजार रुपैयाँ, शिवम सिमेलन्टको १९ करोड ४८ लाख रुपैयाँ, माउन्टेन इर्नर्जीको १८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।