सेयर बजार लगातार ओरालो, कारोबार रकममा पनि निरन्तर गिरावट
काठमाडौं । सेयर बजार लगातार छैटौं दिनमा घटेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि लगातार घटेको छ ।
आज बुधवार पनि बजार २२.७३ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज फाइनान्स समूह १४.२७ अंक, निर्जीवन बीमा ३.८० अंक र व्यापार समूह ६.२२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि निरन्तर घटेको छ । आज ६ अर्ब ८६करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।