सेयर बजारको बढोत्तरी एक दिन पनि टिकेन, एकै दिन ५९ अंकले घट्यो « Arthapath.com
७ आश्विन २०८१, सोमबार

सेयर बजारको बढोत्तरी एक दिन पनि टिकेन, एकै दिन ५९ अंकले घट्यो



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार साढे ११ अंकले वृद्धि भएको बजार सोमबार उच्च अंकले घटेको छ ।

साताको दोस्रो कारोबार दिन बजार ५९.०२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ५२९.३३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु रातम्य बनेका छन् ।

सोमबार ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन नेपाल फाइनान्सको सर्वाधिक २१ करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सीइडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख ५७ हजार, हिमालयन रिको १२ करोड ५२ लाख ५० हजार, अपि पावरको ११ करोड ७७ लाख, सानिमा माइ ११ करोड ६२ लाख र गुडविल फाइनान्सको १०क रोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्