सेयर बजारमा उछालः तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति बिक्यो सेयर ?
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार एकैदिन बजार ६२.५४ अंकले वृद्धि भएको हो ।
सो दिन बजार परिसूचक २ हजार ७३८.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कुल २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच भएको हो ।
आज सानिजा जिआइसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । आज कम्पनीको कुल ५ लाख २६२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको समृद्धि फाइनान्सको पनि ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको ३ लाख ९६ हजार ५५६ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, ङादी ग्रुप पावरको २७ करोड ३ लाख २९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार ५२५ कित्ता सेयर कित्ता सेयर किनबेच भएको छ ।
यस्तै एचआइडीसीएलको १९ करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको २ लाख २९ हजार ९६३ कित्ता, साहस उर्जाको १९ करोड ४४ लाख ६२ हजार रुपैयाँ बराबरको ३ लाख ५२ हजार १६६ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, पिपुल्स हाइड्रोपावर १८ करोड १७ लाख १४ हजार, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ५० लाख ६१ हजार, सानिमा माइ हाइड्रोपावरको १७ करोड २७ लाख २८ हजार र सुपर माइ हाइड्रोपावरको १५ करोड ६२ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।