कुथेली बुखरीको सेयर भाउमा नकरात्मक सर्किट, आज क-कसले गुमाए ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत घटेको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ३०९.९० रुपैयाँ भटेको छ । योसँगै कम्पनीको सेयर भाउ प्रतिकित्ता २ हजार ७८९.१० रुपैयाँ कायम भएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण सन्तोषजनक नभएपछि त्यसको प्रभाव सेयर भाउमा देखिएको हो ।
यस्तै, आज कुमारी बैंकको ऋणपत्र (१०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६) को सेयर मूल्य ७.७४ प्रतिशत, समाज लघुवित्तको सेयर भाउ ४.९३ प्रतिशत र एनएलजी इन्स्योरेन्सको पनि ४.०४ प्रतिशत घटेको छ ।