दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार बजार १३.०३ अंकले घटेको छ ।
आज बजार २ हजार ६६७.४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन समूह ४६.०२ अंक वृद्धि भएको छ । लगानी समूह भने सामान्य वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।
उक्त दिन ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भएको थियो ।
उक्त दिन जानकी फाइनान्सको सर्वाधिक ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ३३ लाख ३४ हजार, ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख ७० हजार र बेष्ट फाइनान्सको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।