५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, बजार घट्दा पनि यी हुन उच्च दरमा कमाउनेहरु « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, बजार घट्दा पनि यी हुन उच्च दरमा कमाउनेहरु



काठमाडौं । आइतबार आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

आज विशाल बजार, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, ग्रीन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्टको को सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।

यस्तै, आज एक्सेल डेभलपमेन्टको सेयर भाउ ९.६८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.४३ प्रतिशत, एनआइसी एशिया डिबेन्चर २०८५–८६ (१० प्रतिशत)को ८.२० प्रतिशत, मितेरी डेभलपमेन्टको ७.६६, इमर्जिङ्ग नेपाको ७.५० प्रतिशत वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित पाँचथर पावर, दोल्ती पावर, ज्योति विकास, लुम्बिनी विकास, युनिभर्सल पावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्