सेयर बजारमा भारी गिरावट, सुस्ताउँदै कारोबार रकम
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबार दिन पनि बजार ४५.९३ अंकको छ ।
योसँगै बजारको ओरालो यात्रा आज तेस्रो दिन आइपुगेको छ । अघिल्ला दुई कारोबार दिन पनि बजार घटेको थियो ।
आइतबार बजार १.६७ प्रतिशत घटेर २ हजार ६८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह २६.८२ अंक, विकास बैंक ६१ अंक, फाइनान्स ६१.९७ अंक, होटल तथा पर्यटन १२४.४५ अंक, जलविद्युत समूह ७१.६८ अंक, जीवन बीमा ४२३ अंक घटेको छ । आज सबै समूहहरु राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि सुस्ताएको छ । अघिल्लो दिन ८ अर्ब बढीको कारोबार भएको थियो । तर, आज थप घटेर ७ अर्ब ४६ करोड ३ लाख बढीको सेयर खरिदबिक्री भएको छ ।