साताको अन्तिम कारोबार दिन : कसले कमाए, कसले गुमाए ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन त्रिशुली जलविद्युत कम्पनीको सेयर भाउ उच्च दरमा वृद्धि भएको छ ।
बिहीबार कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशत अर्थात् प्रतिकित्ता ४४.१० प्रतिशत बढेको हो । योसँगै आज कम्पनीको सेयर भाउ ५६० रुपैयाँ पुगेको छ ।
बिहीबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.५४ प्रतिशत, आरविवि म्युचुअल फन्ड–२ को ७.२४ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६४ प्रतिशत, भुगोल इनर्जीको ५.९९ प्रतिशत वृद्धि भएको छ।
आज यी कम्पनीहरुसहित मैलुङ हाइड्रोपावर, मिड सोलु, माया खोला लगायतका लगानीकर्ताले कमाएका छन् ।
तर, आज जानकी फाइनान्सको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ९५.६० रुपैयाँ घटेर ८६१.२० रुपैयाँ कायम भएको छ ।
उक्त दिन इंवा खोला, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताले भने गुमाएका छन् ।