दुई लघुवित्तको सेयर मूल्यमा उछाल « Arthapath.com
१४ पुष २०८१, आईतवार

दुई लघुवित्तको सेयर मूल्यमा उछाल



काठमाडौं । दुई लघुवित्तको सेयर मूल्यमा उछाल आएको छ । आइतबार महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य उच्च सर्किट लेभलमा वृद्धि भएको छ ।

महिला लघुवित्तको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २२३.७० रुपैयाँ बढेर २ हजार ४६१.६० रुपैयाँ कायम भएको छ । यता, आत्मनिर्भरको भने ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ५९२.६० रुपैयाँ बढेर ६ हजार ६३० रुपैयाँ कायम भएको छ।

यस्तै, मानुषी लघुवित्त, सृजनशील लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्